Published June 3, 2026
Updated June 4, 2026By Share Gyan

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरुद्ध राष्ट्रियसभा बैठक आज फेरि बस्दै

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरुद्ध राष्ट्रियसभा बैठक आज फेरि बस्दै

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर अवरुद्ध राष्ट्रियसभा बैठक आज फेरि बस्दै छ । बैठक आज मध्यान्ह सवा १२ बजे बस्नेछ ।

बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।