|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    1. Home
    2. /
    3. News
    4. /
    5. ऊर्जा विकासलाई गति दिने बजेटः पीपीएमा स्पष्टता र विद्युत् व्यापारमा निजी क्षेत्रलाई अनुमति, अन्य यस्ता छन् कार्यक्रम
    Published May 29, 2026
    By Share Gyan

    ऊर्जा विकासलाई गति दिने बजेटः पीपीएमा स्पष्टता र विद्युत् व्यापारमा निजी क्षेत्रलाई अनुमति, अन्य यस्ता छन् कार्यक्रम

    ऊर्जा विकासलाई गति दिने बजेटः पीपीएमा स्पष्टता र विद्युत् व्यापारमा निजी क्षेत्रलाई अनुमति, अन्य यस्ता छन् कार्यक्रम

    हरिप्रसाद शर्मा सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा ऊर्जा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले शुक्रबार प्रस्तुत गरेको बजेटमा ऊर्जा क्षेत्रका महत्वपूर्ण कार्यक्रम तथा योजनाहरु प्रस्तुत भएका छन् ।

    विगतका सरकारले ल्याउने बजेटको तुलनामा यसपालि ऊर्जा क्षेत्रका केही महत्वपूर्ण विषयहरु बजेटमा समावेश भएको छ । यसअघिको सरकारले जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता(पीपीए) ‘टेक एण्ड पे’मा गर्ने प्रावधानलाई सच्याएर ‘टेक अर पे’ मै गर्ने नीति लिएको छ । अर्थमन्त्री वाग्लेले लामो समयदेखिको जलविद्युतकाे पीपीए प्रावधान विवाद समाधानतर्फ उन्मुख गराएका छन् । उनले कम्तीमा १० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरुको तत्काल पीपीए गर्ने बजेटमा उल्लेख छ । जुन कुरा निजी क्षेत्रका ऊर्जा व्यवसायीका लागि सुखद पक्ष हो । त्यतिमात्र होइन्, अन्तराष्ट्रिय बजारमा विद्यु्त व्यापार गर्न अनुमति दिने, प्रसारण लाइन बनाउने, ह्विलिङ चार्ज लिइ विद्युत् व्यापार गर्न सक्ने गरी कानुनी व्यवस्था गर्ने विषय बजेटमा समावेश छ । त्यस्तै, बजेटले नेपाल विद्युत् प्राधिकरणको पुर्नसंरचना गर्ने र विद्युत् उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि तीनवटा छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने नीति लिनेछ । त्यस्तै, जलविद्युत् आयोजनाहरुको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रुख कटानबापतको शुल्क समायोजन गर्ने, ठूला तथा जलाशययुक्त जलविद्युत आयोजनामा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, त्यसरी शतप्रतिशत लगानी गर्ने प्रवर्द्धकलाई पहिलो वर्षमा नै ४० प्रतिशतसम्म सर्वसाधारणलाई बिक्री गर्न दिने नीति सरकारले बजेटमार्फत ल्याएको छ । यो पनि निजी क्षेत्रका लागि सुखद र राम्रो कदम हो । त्यस्तै, बजेटमा सरकारले ४० मेगावाटको राहुघाटलाई यसै वर्षभित्र सम्पन्न गर्ने जनाएको छ । साना तथा ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण अघि बढाउने र प्रसारण तथा वितरण क्षेत्रमा पनि ठूलो लगानी गर्ने नीति लिएको छ । त्यस्तै, सरकारले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरणका क्षेत्रमा ठूलो बजेट छुट्याएको छ । जुन, आवश्यक पनि थियो । प्रसारण तथा सवस्टेशन निर्माणतर्फ यसपाली सरकारले बजेटमार्फत ७० अर्ब रुपैयाँ विनियोजन गरेको छ । जुन, अहिलेसम्मकै ठूलो बजेट रकम हो । निर्माणधीन प्रसारण लाइन र अन्तरदेशीय प्रसारण लाइन बनाउन पनि सरकारले बजेट विनियोजन गरेको छ । ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादन, जलाशययुक्त आयोजनामा निजी क्षेत्रको आकर्षण बढाउने, विद्युतकाे पहुँच नपुगेका स्थानीय तहमा विद्युत् आपूर्ति पुर्याउनेलगायतका केही साना र महत्वपूर्ण कार्यक्रम समेत बजेटमा समावेश गरिएको छ । सरकारले आगामी आवमा ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वाग्ले प्रस्तुत गरेको बजेटलाई ऊर्जा व्यवसायीले भने स्वागत गरेका छन् । विवादित पीपीए प्रावधान र विद्युतकाे अन्तराष्ट्रिय व्यापारमा निजी क्षेत्रको सहभागीता सुनिश्चित गर्ने, अवरोध हटाउन सनसेट कानुन ल्याउनेलगायतका महत्वपूर्ण विषयहरु बजेटमा आउनुलाई सकारात्मक नै लिनुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले बताए । ‘बजेट स्वागतयोग्य नै छ । लामो समयदेखि हामीले भन्दै आएका कतिपय विषयहरु बजेटमा आएका छन् । जस्तो कि, पीपीए टेक अर पेमा गर्ने, विद्युत् व्यापार गर्न दिने, सनसेट कानुनलगायतका विषयहरु सकारात्मक छन्,’ उनले बताए । उनका अनुसार, पीपीए टेक अर पेमा गर्ने भनिएपनि ठूला क्षमताका जलविद्युत् आयोजनाका हकमा सोही प्रावधान लागू हुन्छ कि हुँदैन भन्ने अन्योलता छ । उनले बजेटले ऊर्जा क्षेत्रमा निराशाभन्दा पनि आशाको सुरुवात भएको बताए । ‘ऊर्जा क्षेत्रमा विगतको निराशाभन्दा बजेटले केही न केही आशाको सुरुवात भएको छ,' उनले भने, ‘भनेजति सबै कुरा त कहाँ आओस् ?’ ऊर्जा क्षेत्रका विगतका समस्या र विवाद हटाउने गरी बजेट आएको र प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ ।

    Most Recent

    Aug 17, 2026
    NEPSE Falls 2.01 Points as Turnover Climbs to Rs. 5.25 Arba

    Share Gyan

    NEPSE Falls 2.01 Points as Turnover Climbs to Rs. 5.25 Arba
    Aug 17, 2026
    Gold and Silver Prices Rise in Nepali Market

    Share Gyan

    Gold and Silver Prices Rise in Nepali Market
    Aug 17, 2026
    NMB Capital Announces Cash Dividends for Three Mutual Funds

    Share Gyan

    NMB Capital Announces Cash Dividends for Three Mutual Funds
    Aug 17, 2026
    NEA Profit Falls by Rs. 3.95 Billion as Costs and Financial Burden Rise

    Share Gyan

    NEA Profit Falls by Rs. 3.95 Billion as Costs and Financial Burden Rise
    Aug 17, 2026
    Ujyalo Nepal Launches Signature Campaign Against Electricity Tax

    Share Gyan

    Ujyalo Nepal Launches Signature Campaign Against Electricity Tax
    Aug 17, 2026
    Nepal’s Power Export Boom: Rs. 17.47 Billion Earned from Electricity Exports

    Share Gyan

    Nepal’s Power Export Boom: Rs. 17.47 Billion Earned from Electricity Exports