Published May 2, 2026
By Share Gyan

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

बैशाख २० गते आईतबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला एक हजार रुपैयाँ घटेको छ। चाँदी तोलामा ६५ रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस दिन चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँ खरिदबिक्री भएको थियो।